काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिने तयारी गरेका छन् । चुनावी सरकार भएता पनि घिसिङ लगायतका केही मन्त्री राजनीतिक दलमा लागेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीले सरकार छोड्न निर्देशन दिएपछि घिसिङले राजीनामा दिने तयारी गरेका हुन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले मन्त्री नै दलमा आवद्व हुँदा निष्पक्ष निर्वाचन हुनेमा प्रश्न उठेको भन्दै राजीनामा दिन आग्रह गरेकी थिइन् । घिसिङ हालसालै आफ्नो नेतृत्वमा गठित दलसहित रास्वपामा समाहित भएर उपसभापति बनेका छन् ।
